होस्टल व्यवसायी संघ नेपालद्वारा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न

काठमाडौं । होस्टल व्यवसायी संघ नेपालद्वारा नयाँ वर्ष २०८३ सालको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम संघका अध्यक्ष किरण शर्माज्यूको अध्यक्षतामा भव्य एवं सभ्य रूपमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख नवराज ढकालज्यू प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो भने Everest Hospital Pvt. Ltd. का HR Manager अभिनास झाज्यू तथा Global Reach का प्रमुख नारायण बजाजज्यू विशेष अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रममा संघका संरक्षक, पूर्व अध्यक्ष, सल्लाहकार, संस्थापक सदस्यहरू सहित काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विभिन्न होस्टल व्यवसायीहरू तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूले नयाँ वर्ष २०८३ ले सबैमा सकारात्मक ऊर्जा, व्यावसायिक उन्नति तथा समृद्धि ल्याओस् भन्ने शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा नयाँ वर्ष २०८३ को क्यालेन्डर विमोचन गरिएको थियो। उक्त क्यालेन्डर संघका हेल्थ पार्टनर Everest Hospital Pvt. Ltd. द्वारा पूर्ण रूपमा प्रायोजन गरिएको थियो।

यस अवसरमा क्यालेन्डर प्रायोजन गर्नुहुने Everest Hospital Pvt. Ltd. का प्रमुख दीपक बरालज्यू तथा विद्यार्थी आचारसंहिता सम्बन्धी सहयोग प्रदान गर्नुहुने Global Reach का प्रमुख नारायण बजाजज्यूलाई विशेष धन्यवाद तथा आभार व्यक्त गरिएको थियो।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सदस्य, सहभागी तथा सहयोगी संस्थाप्रति संघले कृतज्ञता व्यक्त गरेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top