मङ्सिर ५, २०८२ | काठमाडौं
होस्टल व्यवसायी संघ नेपालको तेस्रो अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै किरण शर्मालाई संघको अध्यक्षमा निर्वाचित गरेको छ। संघले नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ।
नवनिर्वाचित पदाधिकारीहरू
-
भिम भण्डारी – वरिष्ठ उपाध्यक्ष
-
बिन्दिरा न्यौपाने – उपाध्यक्ष
-
श्यामसुन्दर यादव – उपाध्यक्ष
-
देवराज कण्डेल – महासचिव
-
समिक्ष्या गौतम – सदस्य
-
धनु राई – सदस्य
-
भक्तिराम अधिकारी – सदस्य
-
दिनेश बराल – सदस्य
- सान्ति प्रसाद सुवेदी – सदस्य
अधिवेशनमा होस्टल व्यवसायलाई अझ व्यवस्थित र गुणस्तरीय बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। सुरक्षा मापदण्ड, छात्रावास व्यवस्थापन, स्वच्छ खाना आपूर्ति तथा विद्यार्थीमैत्री वातावरण निर्माण जस्ता मुद्दाहरूलाई प्राथमिकताका रूपमा राखिएको थियो।
अध्यक्षमा निर्वाचित किरण शर्माले आगामी दिनमा संघलाई अझ सक्षम, पारदर्शी र सेवामुखी संगठनका रूपमा विकसित गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले देशभरका होस्टल व्यवसायीहरूलाई एकताबद्ध गर्दै नीतिगत सुधार र सेवा स्तरोन्नतिमा सक्रिय भूमिका खेल्ने प्रतिज्ञा गरे।
संघले नयाँ नेतृत्वको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै होस्टल व्यवसाय क्षेत्रको समग्र विकासमा योगदान पुर्याउने आशा व्यक्त गरेको छ।

