
होस्टल ब्यवसायी संघ काठमाडौको आयोजना तथा ललितपुर र भक्तपुर जिल्ला कार्यसमितीको सहआयोजनामा २०८१ फागुन १० गते शनिबार हुन गैरहेको वनभोज कार्यक्रमको टिकट बिक्री वितरण विभिन्न क्षेत्रका क्षेत्रीय समितिका पदाधिकारीज्यूहरुलाई जिम्मा दिइएको कुरा जानकारी गराउँदछौ ।
आ-आफ्नो क्षेत्रमा रहेका होस्टलहरुमा सोही क्षेत्रका क्षेत्रीय समितीका प्रतिनिधिहरू घरदैलो गर्दै आउदै हुनुहुन्छ उहाँहरुसँग टिकट लिनु भई बृहत वनभोज कार्यक्रम सफल बनाउन सम्पुर्ण व्यवसायी ज्यूहरुमा विनम्र अनुरोध गर्दछौ । कोसिस गर्दा गर्दै पनि कोही व्यवसायी ज्यूहरु को होस्टलमा हामी पुग्न असमर्थ भयौ भने यहाहरुले टिकटमा भएको मोबाइल नम्बर मा सम्पर्क गरि आफ्नो टिकट सुरक्षित गर्नुहुन अनुरोध गर्दछौ ।। धन्यवाद ।
होस्टल व्यवसायी संघ नेपाल ।
